पूर्वसूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको घरमा विष्फोट गराएको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका भक्तपुर जिल्ला इञ्चार्ज ऐनबहादुर शाही विजय रहेका छन् ।
भक्तपुर प्रहरीका अनुसार उनलाई महानगरीय प्रहरी वृत्त, ठिमीमा राखिएको छ । प्रतिबन्धित विप्लव समूहले भने आफ्ना कार्यकर्ता शाहीमाथि सरकारले झुठा मुद्दा लगाइएको दाबी गरेको छ । उपत्यका विशेष ब्युरो इञ्चार्ज मिलनको नामबाट आज विज्ञप्ति जारी गर्दै पार्टीले आक्रामक कारबाही बन्द गरेको अवस्थामा उनलाई पक्राउ गरिएकोमा खेद प्रकट गरेको छ ।
गत २८ फागुनमा मनहरा फाँटस्थित बाँस्कोटाको निर्माणाधीन घरमा विप्लव समूहले विष्फोट गराएको थियो । घटनामा संलग्नताको आरोपमा त्यतिवेलै एक जना पक्राउ परेका थिए । तर, घटनामा संलग्नता पुष्टि नभएपछि उनी छुटेका थिए ।