तराईका जिल्लामा बाढी र डुबानको जोखिम

News

मनसुन सुरु भएसँगै तराईका जिल्लामा बाढी र डुबानको जोखिम बढेको छ । तराईमा बाढी, डुबान र कटानका कारण वर्षेनि जनधनको क्षति हुने गरेको छ । यसवर्ष पनि बाढीको समस्या देखिन थालेको छ । यसैबीच, सर्लाहीका स्थानीय तहले जोखिम न्यूनिकरणको तयारी थालेको बताएका छन् । कविलासी नगरपालिका प्रमुख कौशल किशोर यादवले खोलाहरूमा तटबन्ध निर्माणको काम भइरहेको जानकारी दिनुभयो ।

सर्लाहीमा  हरेक वर्ष बाढीका कारण जनधनको क्षति हुँदै आएको छ । सर्लाहीका स्थानीय तहहरुले उद्धार र राहतको तयारी समेत गरेका छन् । पर्सा गाउँपालिकाका प्रमुख किशुनदेव यादवले सरोकारवाला निकायसँग समन्वय भइरहेको जानकारी दिनुभयो ।  सर्लाहीमा गत वर्ष बाढीबाट तीन जनाको मृत्यु भएको थियो । २ हजार ४ सय घर पूर्ण रुपमा क्षति भएका थिए ।