सत्ता संकटमा प्रधानमन्त्री ओली

Politics

आफ्नै पार्टीका शीर्ष नेताहरूले राजीनामा मागेपछि आन्तरिक परामर्शमा

पार्टीका शीर्ष नेताहरूले स्थायी समिति बैठकमै राजीनामा मागेपछि प्रधानमन्त्री केपी ओली आन्तरिक परामर्शमा लाग्नुभएको छ । जारी स्थायी समिति बैठकको मूल्य एजेण्डा नै प्रधानमन्त्रीको राजीनामा बनेपछि ओली आन्तरिक छलफलमा जुट्नुभएको हो । ओलीले आफू निकट नेताहरू र विश्लेषकहरूसँग परामर्श गर्नुभएको छ ।

ओलीले सोमबार मात्रै दुई पटक राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्नुभएको थियो । यसैबीच, नेकपा स्थायी समितिको बैठक आज पनि बस्दैछ । मंगलबारको बैठकमा अधिकांश नेताले प्रधानमन्त्री ओलीको राजीनामा मागेका थिए । तर, प्रतिरक्षामा ओली बाहेक कोही पनि नबोलेको एक नेताले जानकारी दिए । प्रधानमन्त्री ओलीले भने सबै प्रकारका संघर्ष गर्न तयार रहेको सन्देश बैठकमा दिनुभएको थियो ।