सगुन एक सामाजिक ई-कमर्स प्लेटफर्म – “कनेक्ट गर्नुस , सेयर गर्नुस र कमाउनुहोस्” यसको ट्यागलाइन !
सगुनले फेसबुक, ट्विटर, व्हाट्सएप, स्नैपच्याट, र इन्स्टाग्रामको सुविधाहरूको सम्पूर्ण संयोजन गर्न कोसिस गरेको थियो । एक प्रयोगकर्ताले ज्ञान र जानकारी साझा गर्न Sagoon.com प्रयोग गर्न सक्दछ भने प्रयोगकर्ताले एकै समयमा पैसा र उपहार पनि कमाउँछ भन्ने दावी सगुनको रहेको छ।
२०१७ मा कम्पनीले आफ्नो पहिलो Reg A (मिनी-आईपीओ) सुरु गरेको थियो जसको मूल्य प्रति शेयर २३ डलर प्रस्ताव गर्दै विश्वव्यापी लगानीकर्ताबाट ४६ मिलियन डलर उठाएको थियो।
Reg A “मिनी-आईपीओ” ले गैर मान्यता प्राप्त सर्वसाधारणलाई कम्पनीमा लगानी गर्न र आफ्नै स्टकको स्वामित्व प्रदान गर्दछ भन्ने दावी गरिएको थियो।
सगुनले दोश्रो पटक विश्वभरका सम्भावित लगानीकर्ताहरूको ठूलो लगानीको नयाँ दौर सुरु गर्ने घोषणा गरेको छ।एक प्रेस विज्ञप्तिका अनुसार कम्पनीले यस पटक Class C कमन स्टकका ३ लाख भन्दा बढी सेयरहरू सर्वसाधारणलाई प्रति शेयर ३० डलरमा बेच्ने योजना बनाएको छ, जसमा न्यूनतम लगानी ९०० डलरको हुनेछ।
नेपालीले डेभलप गरेको भनिएको सामाजिक सञ्जाल सगून सार्वजनिक भएको पाँच वर्षभन्दा बढी भइसकेछ । यो सामाजिक संजाल बजारमा आउँदा फेसबुकलाई टक्कर दिने दाबी गरिएको भएपनि हालसम्म लगानी उठाउने प्रचारमा बाहेक अरु हिसावले गुमनाम जस्तै देखिन्छ । एक वर्षभन्दा केही अगाडि एप लञ्च गरेको सगूनले पछिल्लो समय नेपालमा डिजिटल विज्ञापन गरिरहेको पाइएको छ । यसमा विदेशमा रहेका थुप्रै नेपालीहरुले लगानी रहेको दावि गरिएको छ ।
सगूनको तथाकथित “कृतिम आइपीओ” सम्बन्धि तथ्य
नेपालमा प्रचार गरिएको कम्पनी सगूनको स्वघोषित दोश्रो आइपिओ सम्बन्धमा सयुक्त राज्य अमेरिकाको सम्बन्धित निकायको कुनै आधिकारिक स्वीकृति नै छैन। दर्ता हुनु र स्वीकृति पाउनुमा आकास पातालको फरक छ। आवासीय नेपालीले नेपाल धितोपत्र बोर्डकाे स्विकृती भएको IPO मा मात्र लगानी गर्न अनुमती हुन्छ।
अधिकारिक रुपमा यु यस सेक्युरिटिज एण्ड एक्सचेन्ज कमिसनमा दर्ता गरिएको सगूनको प्रस्ताब परिपत्र (Offer Circular) दस्ताबेजमा कहिँ कतै आइपिओ (IPO) भन्ने शब्द नै छैन।
सगूनले सोही निकायमा पेश गरेको जुन २०१९ सम्मको अर्धबार्षिक वित्तीय विवरण अनुसार बिगत पाँच आर्थिक बर्ष देखि कारोबार वा ब्यबसायबाट एक रुपैया/$ पनि आम्दानी गरेको छैन । अमेरिकाको मिनी आईपीओ त आईपीओ नै हैंन भन्नेहरु पनि भेटिए। प्राइभेट प्लेसमेन्ट (निजी आईपीओ) को दर्ता गरेर आईपीओ बैधानिक स्वीकृति लिएको भन्ने पनि झुठ नै देखिएको छ।
जुन २०१९ सम्म शेयर प्रिमियम अन्तर्गत संकलन गरेको $ ८१,८८,१४७ रकम र कुल चुक्ता पूँजी $ ३७१ मा संचित नोक्सानी $ बापतको $ ९१,१६,६९० ले गर्दा खुद सम्पत्ति (net-worth) $ ९२८,१७२ ले नकारात्मक भएको छ भने त्यो प्रिमियम भुक्तानी गर्ने शेयरधनिहरुको चुक्ता पुंजी जम्मा $ ३५ र १.४६% मात्र मताधिकार रहेको छ।
प्रकाशित बिबरण अनुसार आम्दानी नै नभएको सगूनको ०.०००१ अमेरिकी डलरको अंकित मूल्य (Face Value) भएको शेयरलाई २९९,९९९ गुणा प्रिमियम अर्थात् $२९.९९९९ सहित $ ३० डलरको दरमा नेपालीलाई बेचिदैछ। तर यो समूह C अन्तर्गतको शेयरको प्रति १० कित्ता बराबर १ मताधिकार मात्र रहेको छ।
उक्त कम्पनीको लेखापरिक्षण गरिएको वित्तीय विवरण अनुसार ९८.५४% मताधिकार सहित संचालकले त्यही कम्पनीमा समूह A अन्तर्गतको २३,६१,००० कित्ता ०.०००१ अमेरिकी डलरको अंकित मूल्यमा नै $ २३६ डलर मात्र लगानी गरेर १ कित्ता बराबर १ मताधिकार सहित नियन्त्रण गरेकोले गिरीको निजि कम्पनीकै रुपमा रहिरहने प्रमाणित हुन्छ।
यो कम्पनीको सम्पत्तिको रुपमा एउटा वेब साइट, मोबाइल एप, कम्प्युटर, फर्निचर बाहेक अरु उल्लेख्य केही देखिन्न। Alexa Ranking मा sagoonlite ११९०५९५ नम्बरमा (नेपालमा ६२५४) र sagoon ६८२१३१ नम्बरमा रहेको बाट सक्रिय भिजिटर ट्राफिक कति छ भन्ने अनुमान गर्न सकिन्छ ।
कम्पनीले स्वघोषणा गरे बमोजिम काल्पनिक विवरणहरुको पुलिन्दा र प्रत्येक आईपीओको लागि $ ५००,००० भन्दा बढ़ी खर्च र विज्ञापन गरिएको समाचार (paid news) र उही दुधको साक्षी बिरालो भने जस्तो सन्दर्भ सामाग्री बाहेक कुनै पनि कुराको कुनै तथ्यपरक वा स्वत्रन्त्र पुष्टी हुने आधार छैन ।
नेपाल बिदेशी मुद्राको आईपीओ जारी गरिने देश होइन भने किन नेपाली भाषामा मात्र यसको प्रचार गरिंदैछ? अब अन्य देशको प्रक्रिया पुरा गरेको भए त्यही देशहरुमा मात्र नगरेर नेपालमा विज्ञापन, प्रचार र प्रसार अत्याधिक गरिनुले पनि वास्तविक उदेश्य र बैधानिकतामा शंका उत्पन्न गर्दछ ।
हाल गुगलको पिइ रेसियो २८.६७ र फेसबुकको पिइ रेसियो २२.५ छ। ति कम्पनीहरुले नाफामा सञ्चालन भई सके पश्चात आईपीओको स्वीकृति लिएका थिए र त्यसकोलागि मर्चेंट बैंकर नियुक्त गरी विबरण पत्र प्रकाशित गरेका थिए। घरी गुगल, घरी फेसबुक, घरी मिश्रित, घरी अन्य अधिक सफल सोसल मीडिया सँग तुलना गरेर र नेपाली नाम सँग समबेदना जोडेर ५ बर्षमा १० अर्ब हुन्छ भनेर २०१५ देखी नै शेयर बेच्न सुरु गर्ने रणनीति नै नेपाली झुक्किने मूल कारण हो।
लगातार ५ बर्ष घाटा भएको कंपनीको अंकित मूल्य $ ०.०००१ भएको शेयर प्रति शेयर $३० मूल्य अर्थात २,९९,९९९ गुणा प्रीमियम तिरेर सोझा साझा र देश बिदेशमा बसेका नेपालीले गुगल र फेसबुक सँग तुलना गरेको शेयर बिक्री एजेण्टहरुको विबरण र फोस्रो बिज्ञापनको भरमा किन्नु पर्ने अवस्था सीधै भ्रम को खेती हो। माथिको जस्तो वास्तविक विबरण र तथ्य सार्वजनिक गरिएको छैन।
सगून इंक को प्रधान कार्यालय रहेको अमेरिकामा, त्यसको १००% सब्सीडियरी सगून नेपाल प्रा. लि. तिनकुनेमा र त्यसैको १००% सब्सीडियरी सगून इन्डिया प्रा. लि. नोइडाले सधैभरि शेयर जारी मात्र गरिरहन्छन् ।
लेखापरिक्षकले २०१८ डिसेम्बर अन्तिमकाे वित्तिय विवरण उपर दिएको राय अनुसार “सवै तथ्यहरूकाे अाधारमा कम्पनिकाे निरन्तरता हुने (Going Concern) क्षमतामा उल्लेखनिय शंका गर्ने ठाँउ रहेकाे” भन्ने रहेकाे छ।
सगूनको स्वघोषित आइपिओ नेपालमा प्रचार प्रसार गरेको अमेरिकन नागरिक र परिचयपत्र धारकलाई शेयर बेच्नलाई हो भनेर पत्याउने कुनै आधार भेटिन्न।
तर दोश्रो तथाकथित आइपिओ अन्तर्गत चुक्ता पुंजी जम्मा $३३.३३ रहेको शेयर किन्न ने. रु. कुल १२० करोड रुपैया चन्दा दिने अवसरको रुपमा यो “निजी आईपीओ” लाई सदुपयोग भने गर्न सकिनेछ।
विज्ञापनहोइन आधिकारिक दस्तावेजहरुको एकमुष्ठ लिंक हेर्नुहोस :
https://sec.report/CIK/0001639953