Nepal Airlines

नेपाल वायुसेवा निगमका तीन पाइलटसहित १४ जनामा कोरोना संक्रमण

News

नेपाल वायुसेवा निगमका तीन पाइलटसहित १४ जना उडान कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भएको छ । त्यसमध्ये ३ जना पाइलट र अन्य ११ जना भने क्याविन क्रु रहेको नेपाल वायुसेवा निगम स्रोतले पुष्टि गरेको छ ।

यसरी कोरोना पुष्टि भएका पाइलट तथा उडान कर्मचारी सबै होटल क्वारेन्टाइनमा रहेको स्रोतले जनाएको छ । नेपालीलाई घर फर्काउने अभियानमा रहेका विभिन्न गन्तब्यमा खटिएका उडान कर्मचारीहरुमा कोरोना संक्रमण  देखिएको हो ।