मंगलबार कारोबार सुरु भएको पहिलो घण्टामा नेपाली शेयर बजार २४.३५ अंकले बढेको थियो । आज ११ बजे १३००.४१ विन्दुबाट सुरु भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक १२ बजेसम्म आउँदा १.८७ प्रतिशतले बढेर १३२३.०७ विन्दुमा पुगेको छ ।
पहिलो घण्टामा नेप्सेकाअनुसार ३० करोड ३९ लाख ७७ हजार भन्दा बढीको कारोबार भएको छ । समिक्षा अवधीमा १५४ कम्पनीको ६ लाख ६५ हजार ७०९ वटा शेयरको ५ हजार ४११ पटक कारोबार भएको छ । पहिलो घण्टामानै १२ ओटा क्षेत्रको शेयर मुल्य बढेको छ ।