नेपाल प्रहरीको २८औं आईजीपीमा शैलेस थापा क्षेत्री नियुक्त

News

मन्त्रिपरिषद्को बैठकले एआईजी शैलेश थापा क्षत्रीलाई प्रहरीको २८ औं महानिरीक्षक बनाउने निर्णय गरेको छ ।

हालका आईजीपी ठाकुरप्रसाद ज्ञवालीले भोलि असार २४ मा अनिवार्य अवकास पाउंदैछन् । आज बालुवाटारमा बसेको मन्त्रीपरीषदको बैठकले उनलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो । महानिरीक्षकको लागी एआईजीद्धय शैलेश थापा र हरिबहादुर पाल स्वस्त प्रतिस्पर्धामा थिए । सरकारले वरियतामा एक नम्बरमा रहेका थापालाईनै आईजीपी बनाउने निर्णय गरेको हो ।

प्रहरी महानिरीक्षकको नियुक्तीका लागी प्रतिस्पर्धीहरुबीच यसअघि अस्वस्थ प्रतिस्पर्धा हुने गरी पनि थापा र पालले भने सरकारले विश्वास जस्लाई गरेपनि मिलेर काम गर्ने सहमती गरेका थिएँ।

२०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थापा प्रहरी निरीक्षकदेखि एआईजीपी सम्म नम्बर एक बन्ने सौभाग्य पाउँदै आएका व्यवसायीक कार्यक्षमतामा शालिन, अब्बल, बौद्धिक र इमानदार छविका अधिकृतका रुपमा चिनिन्छन् ।

उनको यही छबिले गर्दा प्रहरी नेतृत्वमा पुगेका सबै आईजीपीहरुले विश्वास गर्थे धेरै आइजीपीसँग सचिवालयमा बसेर काम गरेको अनुभव पनी रहेको छ। थापाले प्रहरीको केन्द्रीय प्रवक्ता, महानगरीय प्रहरी प्रमुखको रुपमा यसअघि काम गरिसकेका छन् । हाल उनि मानव स्रोत साधन तथा प्रशासन विभागको प्रमुख छन् । क्षत्रीले सशस्त्र द्वन्द्वका बेला जिल्ला प्रहरी सल्यानको प्रमुख भएर काम गरेका थिए ।