सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका वडा नम्बर ५ स्थित जम्बु पुगेका छन् ।
गए राति गएको पहिरोमा ११ घर बगाएको र २ जनाको मृत्यु भएको घटनापछि त्यस ठाउँको अवस्था बुझ्न बिहीबार सभामुख सापकोटा नेपाली सेनाको हेलिकप्टर चढेर जम्बु पुगेका हुन् ।
सभामुख सापकोटाले जम्बुका पहिरोपीडितलाई भेटेका छन् । सभामुख सापकोटाको बुधबार आँखाको शल्यक्रिया गरिएको थियो । शल्यक्रिया गरिएको एउटा आँखाको पट्टी अझै खोलिएको छैन ।
बाह्रविसे जम्बुबाट चार जना घाइतेलाई उद्धार गरी काठमाडौँको ह्याम्स अस्पतालमा ल्याइएको छ । पहिरोमा परी हराइरहेका १६ जना अझै सम्पर्कविहीन छन् । उनीहरूको खोजि कार्य जारी छ ।