नेपालमा बिहिबार थप १ सय ८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा थप १०८ जनाको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको बताउनु भयो ।
डाक्टर गौतमका अनुसार अहिले देशभरका आइसोलेसनमा ८ हजार ६ सय ५ जना संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा १ सय ३९ जना डिस्चार्ज भएका छन् । योसँगै आजसम्म ७ हजार ८ सय ९१ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३५ जना रहेको छ ।
पीसीआर विधिबाट शनिबार ४ हजार ५ सय ८८ जनाको कोरोना परीक्षण भएको छ । अहिले सम्म पीसीआर विधिबाट २ लाख ६१ हजार ८ सय ६१ जना जनाको कोरोना परीक्षण भएको छ । अहिले देशभरीका विभिन्न क्वारेन्टिनमा २४ हजार ४ सय २५ जना रहेका छन् ।