बच्चाहरुको उचित ख्याल राख्नु र माया दिनु अत्यावस्यक हुन्छ , तर कहिले कहिले बच्चालाई अत्यधिक माया दियो भने उनीहरुमा जिद्दिपनको विकास हुन पुग्छ। यस्तो समयमा उनीहरुलाई शेयारिंग र केयरिङ्ग्को बारेमा सिकाउनु अत्यन्तै प्रभावकारी हुन्छ। त्यसैले बच्चामा जिद्दीपनको विकास हुन नदिनका लागि हामीले निम्न कुरामा ध्यान दिनु अति नै आवश्यक हुन्छ ;
बच्चाको सबै कुरा सुन्ने
हरेक बच्चाले आफना बाबा आमा संगै हुन अनि आफुलाई भरपुर समय दिऒस भन्ने चाहन्छ। स्वभावैले हर बच्चाहरु जिज्ञासु स्वभावका हुने हुनाले उनीहरुको मनमा अनेक कुराहरु खेलिरहेका हुन्छन। बच्चाको हरेक मनोभावनालाई बुझेर उनीहरुको भावनको कदर गर्न सकेको खण्डमा बच्चामा हौशला बढ्ने र जिद्दीपन कम हुने गर्दछ।
आफ्नो पुरा समय दिने
बच्चाहरुलाइ मोबाइल , खेलौना भन्दा पनि अभिभावकको जरुरत पर्ने गर्छ। सोहि अनुरुपले उसको चाहना बुझेर उसको साथमा खेल्ने , उसको कपडा सफा गर्ने , किताब मिलाउने , किचनमा जाने जस्ता काम गर्न सिकाउनाले बच्चामा राम्रो बानिको बिकास हुन्छ। यसका अलावा बच्चालाई घर भन्दा बाहिर खेल्न पनि पठाउनु पर्छ , जसले गर्दा बच्चामा समाजमा घुलमिल हुन सक्ने बानीको समेत विकास हन्छ।
साथीको जस्तो व्यवहार गर्ने
अधिकांश बच्चाहरुआफ्ना अभिभावक संग डराउने गर्दछन। उचित ख्याल र साथ दिदा दिदै पनि आमाबाबु सङ डराउनु बच्चाको स्वभाविक गुण हो। त्यसै कारणले गर्दा उनीहरुको आत्मविश्वासमा कमि आउन नदिनका लागि अभिभावक होइन साथीको जस्तो व्यवहार र ख्याल राख्नु पर्छ।
जीवनको बारेमा ज्ञान दिनु
बच्चालाई माया ममताका साथ् हुर्काउनु पर्छ , वास्तवमा जीवन के हो त ? अनि यस अन्तर्गत आइपर्ने सानातिना समस्यालाई कसरि हल गर्न सकिन्छ भन्ने सन्दर्भमा उनीहरुलाई बेलैमा सु-सुसुचित गराउनु पर्दछ। सानै बेलादेखि नै अलि अलि उसको जिम्बेवारी आखिर के हो त भन्ने सम्मको महसुश दिलाउन सकेको खण्डमा उनीहरुमा आफसे आफ आत्मबिश्वाश बढेर जाने देखिन्छ।
शेयरिंग-केयरिंग मन्त्र
घरका सबै सदस्यले बच्चालाई अत्यनतै माया गर्ने गर्छन, माया संगै खेल्नु , रमाइलो गर्नु र शेयारिंग केयारिंगको मन्त्र सिकाउनु पनि आवश्यक हुन्छ। घरमा आफूभन्दा ठुलाको मान सम्मान गर्ने , सेवा गभाव जागृत गराउने, आफुसंग भएका सामानहरु अर्को साथीलाई शेयर गर्ने बानी बसाल्नाले पनि बच्चामा जिद्दीपन कम हुन्छ।
मनमा संवेदना जगाउने
भनिन्छ बच्चाको अगाडी डर , त्रास अनि संवेदनाका कुराहरु गर्नु हुन्न तर त्यो नराम्रो पक्ष होइन किनकि यस्ता भावनात्मक कुराहरु गर्नाले बच्चाको कोमल मनमा प्रभाव पार्ने र भबिस्यमा उसमा जस्तो सुकै परिस्थितिको पनि सामना गर्न सक्ने क्षमताको विकास हुन्छ। यसका साथै उसलाई प्रशस्त मात्रामा बोल्नेको पनि समय दिनुपर्छ। जसले गर्दा बच्चाले आफ्नो मनमा दबेको सबै आफ्ना धारणाहरु निर्धक्क संग व्यक्त गर्न सकोस।