थप ११६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित सं‌ख्या १७ हजार ६१ पुग्यो

Health-Education

नेपालमा सोमबार थप ११६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ६१ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा थप ११६ जनाको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको बताउनुभयो ।

६ हजार ६ सय ९५ जना संक्रमित हाल आइसोलेनसनमा रहेका छन् । गत २४ घण्टामा ३४ जना डिस्चार्ज भएका छन् , भने आजसम्म डिस्चार्ज हुनेको संख्या १० हजार ३ सय २८ पुगेको छ । कोरोना संक्रमण निको हुने दर ६०.५३ प्रतिशत रहेको छ ।  हाल क्वारेन्टिनमा २४ हजार ७ सय १६ जना रहेका छन् ।