खोटाङका डिभिजन सिँचाइ कार्यालय प्रमुख ९ लाख घुससहित पक्राउ

News

खोटाङका डिभिजन सिँचाइ कार्यालय प्रमुख नारायणकाजी श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ गरेको छ । उनलाई मंगलबार कार्यालय खुल्नासाथ सेवाग्राहीसँग ९ लाख ३४ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको स्रोतले जानकारी दिएको छ ।

काठमाडौँबाट स्टिङ अपरेशनका लागि खोटाङ पुगेको अख्तियारको टोलीले उनलाई मंगलबार कार्यालयबाटै रंगेहात पक्राउ गरेको हो । पक्राउ परेको बारेमा विस्तृत विवरण आइनसकेको खोटाङका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।