४ जिल्ला कोरोना संक्रमणमुक्त

Health-Education

नेपालका ४ जिल्ला कोरोना संक्रमणबाट मुक्त भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमणमुक्त हुनेमा भोजपुर, मुस्ताङ, मनाङ र हुम्ला रहेको बताउनुभयो ।

पछिल्लो २४ घण्टामा देशभर ११६ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै कूल संक्रमितको संख्या १७ हजार १ सय ७७ जना पुगेको छ ।