थप ११६ जनामा कोरोना संक्रमण पुष्टि, मृत्यु हुनेको संख्या ३९ पुग्यो

Health-Education

नेपालमा बुधबार थप ११६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ यससँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार १ सय ७७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा थप ११६ जनाको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको बताउनुभयो ।

डाक्टर गौतमका अनुसार अहिले देशभरका आइसोलेसनमा ६ हजार १ सय १३  जना संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ६ हजार ५७ जना डिस्चार्ज भएका छन् । योसँगै आजसम्म ११ हजार २५ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३९ जना रहेको छ  ।

पीसीआर विधिबाट बुधबार  ५ हजार ९० जनाको कोरोना परीक्षण भएको छ ।  अहिले देशभरीका विभिन्न क्वारेन्टाइनमा  २४ हजार ५ सय २७  जना रहेका छन् ।