बैंक तथा वित्तीय संस्थाको सीइओको तलब पुनरावलोकन गरिने भएको छ । कोरोनाको सृजित असहज परिस्थितीका कारण राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको सञ्चालन खर्च घटाउनका लागि त्यस्तो नीति लिएको हो । चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले तलब भत्तामा पुनरावलोकन गर्ने बताए। उनका अनुसार संचालकको भत्तामा समेत कटौती गर्ने नीति मौद्रिक नीतिले लिएको छ ।