कोलम्बियामा लकडाउन नमानेपछि ‘हत्या’

International

चीनको वुहान शहरमा गत वर्षको डिसेम्बर अन्तिम साता पहिलो पटक पाइएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१३ वटा देशहरुमा फैलिसकेको छ ।

केहि देशहरुमा यसबाट बच्नको लागि लकडाउन जारी रहेको छ भने कुनै देशमा खुलिसकेको छ तर एउटा यस्तो देश पनि छ जहाँ नियम नमान्नेलाई हत्या गरिएको छ ।

लकडाउनको नियम तोड्नेलाई मृत्युको सजाय

यो घटना कोलम्बियाको हो । जहाँ कोरोना संक्रमित बढ्दै गएपछि सारा देश लकडाउन गरिएको छ । तर केहि मानिसहरुले लकडाउनको नियम उल्लंघन गरेपछि उनीहरुको हत्या गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

अहिलेसम्म नियम नमान्ने ८ जनालाई मृत्युको सजाय मिलेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

एजेन्सीको सहयोगमा