मौद्रिक नीतिबारे उद्योग वाणिज्य महासंघको प्रतिकृया (विज्ञप्तिसहित)

Economy

नेपाल उद्योग वाणिज्य महासंघले शुक्रवार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिको स्वागत गरेको छ । कोरोनाको कारण समस्यामा रहेका उद्योग व्यवसायलाई कर्जाको सावाँ तथा व्याज भुक्तानीको म्याद थप कर्जा पुनरसंरचना तथा पुनरतालिकीकरणको व्यवस्थाहरू सकारात्मक रहेको महासंघले जनाएको छ ।

त्यस्तै चालु पुँजी कर्जाको सीमामा २० प्रतिशतसम्म अतिरिक्त कर्जा प्रवाह गर्न सक्ने व्यवस्थाले निजी क्षेत्रलाई सहयोग पु¥याउने विश्वास लिएको महासंघले जनाएको छ ।

साथै, वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरूले निश्चित प्रतिशत रकम लघु, साना एवम् मझौला उद्यमका क्षेत्र र पर्यटन लगायतका क्षेत्रमा कर्जा लगानी गर्नु पर्ने व्यवस्थाले यी क्षेत्रहरूको विकासमा टेवा पुग्ने विश्वास रहेको महासंघको धारणा रहेको छ ।

विज्ञप्तिमा हेर्नुहोस्