भारतमा हालसम्मकै बढी संक्रमित थपिए, एकै दिन ४० हजारमा कोरोना पुष्टि

Health-Education

भारतमा हालसम्मकै बढी कोरोना संक्रमित थपिएका छन् । गएको २४ घण्टामा भारतमा ४० हजारभन्दा बढीमा कोरोना पुष्टि भएको हो । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा एकैदिन ४० हजार ४२५ संक्रमित थपिएका हुन् ।

यससँगै भारतमा कोरोना संक्रमितको संख्या ११ लाख १८ हजारभन्दा बढी पुगेको छ । संक्रमितमध्ये हालसम्म २७ हजार ४९७ को मृत्यु भइसकेको छ ।मन्त्रालयका अनुसार हालसम्म संक्रमितमध्ये ७ लाख निको भइसकेका छन् । हाल भारत विश्वमा कोरोनाले प्रभावित तेस्रो राष्ट्र हो ।