नेपाल पर्यटन बोर्डद्वारा कर्मचारी कटौती

News

कोभिड–१९ का कारण उत्पन्न समस्याले अहिले बिश्व नै आर्थिक संकटसंग जुध्दै आइरहेको छ । कोरोनाको कारण उत्पन्न आर्थिक समस्याले विभिन्न सरकारी र गैरसरकारी संघ–संस्थाहरुले कर्मचारीहरुको व्यापक रुपमा कटौती गर्दै आएको छ ।

विगतका सरकारहरुको पालामा राजनीतिक दवावमा विभिन्न पदहरुमा नियुक्ति भएका तर कार्य संतोषजनक नभएका अनावश्यक ३४ जना अस्थाई कर्मचारीहरुलाई नेपाल पर्यटन बोर्डले हटाएको छ । नेपाल पर्यटन बोर्ड नेपाल सरकार र निजी क्षेत्रको स्वमित्वमा स्थापित संस्था हो भने यसले विशेष गरि नेपालको पर्यटनको बिकास र अन्तराष्ट्रिय क्षेत्रमा नेपालको पर्यटन प्रर्वद्धन गर्ने कार्य गर्दछ ।

निजी क्षेत्र जस्तै गरी पर्यटन प्रर्वद्धन गर्ने उद्देश्य राखिए पनि बोर्डमा राजनीति र कर्मचारीतन्त्रका कारण बिगतमा काम गर्ने वातावरण थिएन । गलत नियत र कमजोर कार्य क्षमता भएका कर्मचारीहरु हाबी भएको कारण बोर्डले बिगतमा सोचे अनुसारको काम गर्न नसकेको हो ।

बोर्डको संरचना अनुसार खर्च धान्नै नसक्ने गरि प्रशासनिक खर्च बढ्दै गए पछि बोर्डमा छ महिना अघि मात्र नियुक्ति भएका कार्यकारी अधिकृत डा. धन्नजय रेग्मीले बोर्ड सुधारको लागी अनावश्यक कर्मचारी कटौती गरिएको बताउनुभयो । राजनीतिक हावीका कारण अनावश्यक कर्मचारीहरु बोर्डमा नियुक्तिका कारण बिगतमा नेपालको पर्यटन प्रर्वद्धनको ठुलो बजेट कर्मचारीको तलबमा खर्च गर्नु परिरहेको थियो । आजको २१ औ शतब्दीमा नेपालको पर्यटनको प्रर्वद्धन डिजिटल प्रविधिको माध्यमबाट गरिनुपर्दछ ।

यसको लागी नेपाल पर्यटन बोर्डलाई दक्ष र प्रविधियुक्त कर्मचारीहरुको आवश्यक रहेको  छ । अबका दिनमा नेपाल पर्यटन बोर्डले अनावाश्यक कर्मचारीहरु हटाएर अध्ययन गरेका, दक्ष र अनुभवी कर्मचारी नियुक्ति गरि कोरोना पछि नेपालको पर्यटनलाई अन्तराष्ट्रिय स्तरमा तिव्र रुपमा बजारीकरण गर्न जरुरी छ ।

कोभिड–१९ पछि बिश्वमा नेपाल पर्यटनको एक आकर्षक गन्तव्य बन्न सक्छ तर त्यसमा नेपाल पर्यटन बोर्डको भुमिक अत्यन्त महत्वपुर्ण छ । त्यसको लागी नेपाल पर्यटन बोर्डको संरचनामा व्यापक सुधार हुन जरुरी छ ।