पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ९ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँका ८ र ललितपुरका १ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ३८२ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर १५० जना संक्रमित थपिएका छन् । यो संगै कूल संक्रमितको संख्या १७ हजार ९ सय ९४ पुगेको छ ।