नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी खुल्यो

News

चितवन स्थित कालिखोलामा पहिरो जाँदा बन्द भएको नारायणगढ-मुग्लिन सडक मंगलबर दिनभर पहिरो हटाउने काम सकिएपछि हलुका गाडीका लागि एकतर्फी खुलेको छ । लगभग एक तिहाइ पहिरो मात्र सफा भएका कारण दोहरो गाडी चल्न अझै समय लाग्ने बताईएको छ ।नारायणगढ–मुग्लिन सडक खुले पनि मुग्लिन पार भएपछि पृथ्वीराजमार्गको विभिन्न ठाउँमा अवरोध छ ।पृथ्वीराजमार्गको चितवनतर्फ कुरिनटार र फिस्लिङमा पहिरोले बाटो रोकिएको छ ।