आज भारी वर्षाको सम्भावना : सतर्क रहन आग्रह

News

जल तथा मौसम विज्ञान विभागले देशको केही भागमा बाढी, पहिरो तथा डुबानको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । विभागले मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाका कारण सडक तथा हवाई सेवा पनि प्रभावित हुनसक्ने जनाएको छ ।विभागका अनुसार आज देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।यस्तै आज राति प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।