सहकारीको ऋण छ महिनापछि तिर्दा हुने, जरिवाना तथा अतिरिक्त शुल्क लिन नपाईने

Economy

सहकारी संस्थाले सदस्यहरुलाई लगानी गरेको ऋणको किस्ता तिर्ने म्याद थप गर्न सहकारी विभागले निर्देशन दिएको छ । कम्तिमा ६ महिना ऋणको म्याद थप गरी सुबिधा दिन सहकारी विभागले शुक्रबार निर्देशन दिएको हो ।कोभिड–१९ को महामारीले सदस्यमा परेको प्रभावको कारण साँवा वा ब्याजको भुक्तानी म्याद थप गरेबापत ऋणी सदस्यहरुबाट ब्याज, अतिरिक्त शुल्क तथा जरिवाना नलिई म्याद थप गर्न निर्देशन दिएको हो ।

२०७७ असार मसान्तसम्म असुल हुन नसकेको कर्जाको किस्ता ऋणी सदस्यको आवश्यकता र व्यवसाय सुचारु हुन लाग्ने समय र जोखिमको मुल्याङ्कन गरी संचालक समितिको निर्णयानुसार बढीमा ६ महिनासम्म भाखा सार्न सकिने सहकारी विभागले जानकारी दिएको छ ।

त्यस्तै नियामक निकायको पूर्व स्वीकृती लिएर भने १ वर्षसम्म भाखा सार्न सकिने जनाएको छ ।