भाटभटेनीलाई तीन लाख जरिवाना

News

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भाटभटेनी सुपर मार्केटलाई ३ लाख रूपैयाँ जरिवाना गरेको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोलीले म्याद सकिएको पानी बिक्री गरिरहेको पाएपछि कारबाही स्वरुप जरिवाना गरेको हो ।

शुक्रबार विभागको अनुगमन टोलीले म्याद गुज्रेको पानी बिक्री गरिरहेको पाएको थियो । उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कारबाही गरेको विभागले जनाएको छ ।