प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली पार्टी उपाध्यक्ष बामदेव गौतमलाई भेट्न भैँसेपाटी पुगेका छन् ।
पार्टी भित्रको आन्तरिक विवादकाबीच अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट रहेका गौतम केहीदिन यता ओलीको पक्षमा देखिएका छन् ।