मंगलबारदेखिको लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेको छ।
बन्दाबन्दीका कारण भारतबाट सिमित समयमा नेपाली सो नाकाबाट फर्किने गरेको भए पनि सवारी साधन भने पूर्णरुपमा बन्द छन्। वर्षाका कारण महाकाली नदी छेउका बस्तीमा खतरा हुनसक्ने भन्दै नदी किनारमा जान दिएको छैन् ।