काठमाडौं जिल्ला प्रशासनमा बारअनुसार काम हुने

News

कोरोना संक्रमितको संख्या बढदै गएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीको भीडभाड कम हुने रणनीति बनाएको छ।

कार्यालय समयमा सेवाग्राहीको बढी भिड हुने भएकोले जिल्ला प्रशासन कार्यालयले नयाँ नियम बनाएको हो। शान्ति सुरक्षा र कानुनबमोजिम हुने मुद्दाका र सरकारी तथा आयोजनासँगको छलफलका लागि पनि कार्यालय खुल्ने दिन मात्र हुनेछ। नयाँ नियम साउन १८ गतेदेखि लागू हुने गरी जिल्ला प्रशासन कार्यालयले कार्य योजना बनाएको छ। नयाँ नियम अनुसार आइतबार काठमाडौं महानगर बासीले कार्यालयबाट सेवा पाउनेछन्। नागरिकता प्रमाणपत्रलगायत सेवा लिन काठमाडौं महानगरबासीले आइतबार कार्यालय जानु पर्नेछ। सोमबार कीर्तिपुर, नागार्जुन र चन्द्रागिरी नगरपालिकाका सेवाग्राहीले सेवा पाउनेछन्। मंगलबार फेरि काठमाडौं महानगरबासीले सेवा पाउँछन्। बुधबार बूढानीलकण्ठ, टोखा, कागेश्वरी मनोहरा नगरपालिकाले र बिहीबार पुन काठमाडौं महानगरबासीले सेवा पाउँछन्। शुक्रबार गोकर्णेश्वर, दक्षिणकाली, शंखरापुर र तारकेश्वर नगरपालिकाका सेवाग्राहीले सेवा पाउनेछन्। प्रशासन कार्यालयले भीडभाड कोभिड १९ संक्रमणको अवस्था अनुसार तालिका घटबढ गरिने जनाएको छ। सम्बन्धित सेवाग्राहीले कार्यालयमा आउन पनि कार्यालयले आग्रह गरेको छ।