वरिष्ठ नेता पौडेल पक्षले बुझायो देउवालाई लिखित असहमति

Politics

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवालाई लिखित असहमति बुझाएको छ । पार्टी मूख्यालय सानेपामा नेता पौडेल, महामन्त्री शशांक कोइराला लगायत नेताहरुले सभापति देउवालाई लिखित असहमतिपत्र बुझाएका हुन् ।

असहमतिपत्रमा महाधिवेशन प्रभावित हुनेगरी पार्टी सभापतिले गरेको विभागीय सदस्यहरुको मनोनयन रोक्नुपर्ने माग गरिएको छ । त्यस्तै, एकीकरण प्रक्रियाबाट आएकाहरुलाई दिइने पदबारे पार्टीभित्र छलफल नभएको भन्दै असन्तुष्टि जनाइएको छ ।

सभापति देउवालाई बुझाइएको असन्तुष्टिपत्र पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने तयारी असन्तुष्ट पक्षले गरेको छ। कांग्रेसले बन्दाबन्दी बीच महाधिवेशन तयारी अगाडि बढाएको छ। कांग्रेसले आगामी ७–१० फागुनमा १४औं महाधिवेशन गर्दैछ।