उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आफूलाई ज्यान मार्ने धम्की बताएका छन् । बिहीबार बसेको संसदको उद्योण वाणिज्य तथा उपभोक्ता हित समितिको बैठकमा भट्टले आफूलाई बझाङबाट टाउको काट्ने धम्की आएको जानकारी गराएका हुन् ।अमेरिकन सहयोग मिलिनियम चाइलेन्ज कर्पोरेशन(एमसीसी)को पक्षमा मतदान गरेर टाउको काट्ने धम्की आएको भन्दै उनले बझाङबाट फोनमार्फत धम्की आएको बताए । मलाई एउटा फोन आयो। तैंले एमसीसी समर्थन गरिस् भने टाउको काटिन्छ भनेर। त्यो फोन बझाङ जिल्लाबाट आएको रहेछ ।‘प्रतिउत्तरमा आफूले एमसीसी सम्झौता पढेको छ भनेर सोध्दा ‘पास नगर्ने भनेसी नगर्ने पढ्ने तेरो जिम्मा हो’, भन्दै धम्की आएको मन्त्री भट्टले जानकारी दिए ।