कुवेतले अगस्ट १ बाट हवाई उडान पुन: सुचारु गर्ने निर्णय गरेसंगै नेपालसहित ७ देशका नागरिकलाई तत्काल कुवेत प्रवेश प्रतिबन्ध लगाएको छ ।
अरब टाइम्सका अनुसार कुवेतको सरकारी सञ्चार केन्द्रले आफ्नो ट्वीटर मार्फत यस्तो घोषणा गरेको जनाएको छ । अगस्ट १ तारिकबाट कुवेत प्रवेश गर्न दिने निर्णय गरिए पनि नेपालसहित भारत, बंगलादेश, फिलिपिन्स, श्रीलंका, पाकिस्तान र इरानलाई कुवेत प्रवेशमा प्रतिबन्ध लगाइएको छ ।
यसघि कुवेतले प्रारम्भिक चरणमा नेपालसहित २० देशहरुमा औपचारिक रूपमा हवाई उडान सूचारु गर्न लागिएको कुवेत नागरिक उड्डयन निर्देशनालयले जनाएको थियो । कुवेतले नेपाली नागरिकलाई प्रतिबन्ध लगाउने निर्णयसंगै कुवेतबाट नेपाल फर्किने नेपाली श्रमिकहरु थप समस्यामा परेका छन् ।