ट्राफिक प्रहरीको कोरोना रिपोर्ट पोजेटिभ आएपछि महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालसहित दुई सय जना महाशाखाभित्रै क्वरेण्टिनमा बसेका हुन्। महाशाखाका प्रवक्ता वामदेव गौतमले कोरोना पुष्टि भएपछि स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गरेर भित्रै बसिएको जानकारी दिए।
उनीहरुको कोरोना परीक्षणको लागि स्वाब सङ्कलन गर्ने तयारी भएको छ। उनीहरुको रिपोर्ट नआएसम्म ट्राफिक मुख्यालय बग्गीखानाबाट हुने सबै काम स्थगित गरिएको छ।