टिकटकले अमेरिका छोडेर नजाने

International

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले सामाजिक सञ्जाल /एप टिकटकमा प्रतिबन्ध लगाउने चेतावनी दिएपछि अमेरिकामा टिकटककी जनरल म्यानेजर भेनेसा पापाजले आफू लामै समय अमेरिकामा रहिरहने बताएकी छन् । ट्रम्पले यो एपले अमेरिकीहरूको निजी जानकारी बटुल्ने गरेकोले कार्यकारी आदेश जारी गर्दै यसमा प्रतिबन्ध लगाउने बताएका थिए । टिकटकले चाहिँ एपमा चिनियाँ सरकारको नियन्त्रण नरहेको बताएको छ ।

अमेरिकामा प्रत्येक महिना लगभग आठ करोड मानिस टिकटक प्रयोग गर्छन् । अमेरिकामा यसमाथि प्रतिबन्ध लगाएमा यसको निर्माता कम्पनी बाइटडान्सलाई निकै घाटा लाग्ने बताइएको छ । ट्रम्पले कुन अधिकारले टिकटकमाथि प्रतिबन्ध लगाउने अनि कसरी प्रतिबन्ध लगाउने भन्ने स्पष्ट छैन । प्रतिबन्ध लागेछ भने पनि त्यसलाई कानूनी चुनौती दिइने कि नदिइने भन्ने पनि स्पष्ट छैन ।

समाचार संस्था रोयटर्सले अमेरिकामा टिकटकको व्यापार पूरै बेच्नका लागि चिनियाँ कम्पनी बाइटडान्स पूरै तयार भएको खबर थियो । माइक्रोसफ्टसँग् उसले कुरा गरिरहेको बताइएको थियो । अमेरिका र चीनको सम्बन्ध तनावपूर्ण बनेको बेलामा टिकटकमा प्रतिबन्ध लगाउने कुरा उठिरहेको हो । अमेरिकाले कोरोनाभाइरस महामारी फैलाएकोमा पनि व्यापार घाटा गराएकोमा चीनमाथि लगातार आक्रमण गरिरहेको छ ।