कोरोना संक्रमणका कारण विदेशमा रहेका १ सय ८९ नेपालीको मृत्यु

Health-Education

कोरोना संक्रमणबाट पछिल्लो एक सातामा विदेशमा २८ नेपालीको मृत्यु भएको छ । भारतमा २५, साउदी अरेबियामा दुई र दक्षिण अफ्रिकामा एक जनाले ज्यान गुमाएका हुन् । यससँगै संक्रमणका कारण विदेशमा १ सय ८९ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघले जनाएको छ ।

विश्वका ३८ देशमा रहेका नेपाली कोरोना भाइरसको शिकार भएको र सबैभन्दा बढी भारतको महाराष्ट्रमा रहेको संघले बताएको छ । लण्डनबाट आज बिहान जारी गरेको प्रेस विज्ञप्तिमा लक्जम्बर्गमा पारिवारिक जमघटमा भेला भएका ३५ नेपाली एकैपटक संक्रमित भएको उल्लेख गरिएको छ । यसैबीच संघले हालसम्म कोरोनाका कारण विदेशमा अलपत्र ३७ हजार ४ सय २४ जनालाई स्वदेश फर्काइएको बताएको छ ।