राष्ट्रियसभा बैठकमा एमसीसी, सीमा विवाद र उखु किसानको रकम भुक्तानीबारे सरकारको स्पष्ट धारणा माग

काठमाडौं, १६ पुस । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजना र सीमा विवादका विषयमा सरकारको स्पष्ट धारणा सदनमा जानकारी गराउन माग गरिएको छ । बुधबारको राष्ट्रियसभा बैठकमा बोल्दै राष्ट्रियसभा सदस्य प्रकाश पन्थले एमसीसी परियोजनाका विषयमा सरकारले सदनमा आएर जवाफ दिनुपर्ने माग गर्नुयभो । ‘‘यसको विषयमा चर्चा र विवादहरु भइरहेका छन् । सरकारले आफ्नो धारणा स्पष्ट गरेको […]

Continue Reading

‘सार्वजनिक खरिद नियमावली–२०६४’ को नवौं संशोधनले व्यवसायीका माग पुरा

काठमाडौं, १६ पुस । निर्माण व्यवसायीहरुले ‘सार्वजनिक खरिद नियमावली–२०६४’ को नवौं संशोधन व्यवसायीहरुको हितमा भएको बताएका छन् । निर्माण व्यवसायीहरुको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ‘सार्वजनिक खरिद नियमावली– २०६४’ को नवौं संशोधनबाट निर्माण व्यवसायीहरुको महत्वपूर्ण मागहरु पुरा भएको बताएका हुन् । महासंघका अध्यक्ष रवि सिंहले संशोधनमा व्यवसायीहरुको माग सम्बोधन […]

Continue Reading

६ महिनामा पूँजीगत खर्च १० प्रतिशतमा सिमित

काठमाडौं, १५ पुस । आर्थिक वर्ष २०७६/०७७ को ६ महिनामा सरकारको पूँजीगत खर्च १० प्रतिशतमा सिमित हुने देखिएको छ । बजेट खर्च बढाउन नयाँ आर्थिक वर्ष शुरु हुनुभन्दा डेढ महिना आगावै बजेट ल्याई खर्चको अख्तियारी दिने व्यवस्था गरिएपनि काम गर्ने पुरानै प्रवृतिका कारण पूँजीगत खर्च बढ्न नसकेको हो । आर्थिक वर्ष २०७६/०७७ को साढे पाँच […]

Continue Reading

उखु किसानको पैसा नतिर्ने व्यापारीलाई तत्काल पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं, १५ पुस । गृह मन्त्रालयले उखु किसानको बक्यौता नतिर्ने व्यापारीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । उखुको बक्यौता रकम माग गर्दै सर्लाही लगायत जिल्लाका किसानहरु काठमाडौ आएपछि मन्त्रालयले उक्त निर्देशन दिएको हो । कृषि मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट प्राप्त पत्रका आधारमा गृह मन्त्रालयले मंगलवार प्रहरीलाई निर्देशन दिँदै बक्यौता […]

Continue Reading

‘नेपाल जेम एण्ड ज्वेलरी एक्सपो’ पुष २५ गते देखि

काठमाडौं, १५ पुस । पुष २५ गते देखि काठामाडौंमा ‘नेपाल जेम एण्ड ज्वेलरी एक्सपो–२०२०’ आयोजना हुने भएको छ । नेपाल रत्न तथा आभुषण संघले पुष २५ देखि २७ गते सम्म काठमाडौंमा ‘तेस्रो नेपाल जेम एण्ड ज्वेलरी एक्सपो–२०२०’ आयोजना गर्न लागिएको जानकारी गराएको हो । मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा संघले नेपाली बहुमूल्य गरगहनाको मौलिक एवं […]

Continue Reading