सिसिएमसीको प्रमुख कार्यकारी अधिकृतमा बालानन्द शर्मा नियुक्त

कोभिड – १९ सङ्कट व्यवस्थापन केन्द्र सिसिएमसी निर्देशक समितिको प्रमुख कार्यकारी अधिकृतमा पूर्वरथी बालानन्द शर्मा नियुक्त भएका छन् । सोमबारको मन्त्रिपरिषद् बैठकले सिसिएमसी निर्देशक समितिको प्रमुख कार्यकारी अधिकृतमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिए । शर्मालाई नेपाल सरकारको सचिवसरहको सेवा सुविधा दिएर उक्त पदमा नियुक्त गरिएको बताइएको […]

Continue Reading

चार दिनमा १८ संक्रमितको मृत्यु

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई अस्पताल व्यवस्थापन र कोभिड सङ्क्रमितका उपचारमा विशेष ध्यान दिन सात राजनीतिक दलका प्रतिनिधिले ध्यानाकर्षण गराएका छन् । उपकुलपति कार्यालय अगाडि आज एक घण्टा धर्ना दिइ उनीहरुले तत्काल अक्सिजन प्लान्ट मरमत गरी पूर्ण क्षमतामा सञ्चालन गर्न र कोरोना सङ्क्रमितका उपचारमा उच्च प्राथमिकता दिन उपकुलपति डा ज्ञानेन्द्र गिरीसँग आग्रह समेत […]

Continue Reading

७ हजार ९ सय बढी संक्रमित, १९३ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ९ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर १८ हजार ९ सय ६५ जनाको पीसीआर र ९ सय ३१ जनाको एन्टिजेन परीक्षणमा सो परिमाणमा संक्रमण पुष्टि भएको हो । जसमध्ये ७ हजार ५ सय ९८ जनाको पीसीआर पोजेटिभ र ३ सय १६ जनाको एन्टीजेन पोजेटिभ […]

Continue Reading

भक्तपुरमा सङ्क्रमण र मृत्युदर बढ्दै

भक्तपुर- भक्तपुरमा कोभिड–१९ को सङ्क्रमण र मृत्युदर बढ्दै गएको छ । सङ्क्रमणमा परेकामध्ये ९५ प्रतिशत होमआइसोलेशनमा रहेका छन् । कोरोना भाइरस सङ्क्रमणकै कारण बिहीबार एकैदिन १४ जनाको ज्यान गएको छ । भक्तपुरमा शुक्रबारसम्म २७१ जनाको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमण […]

Continue Reading

अक्सिजन प्लान्ट स्थापना गर्न सम्झौता

उद्योग सङ्घको सक्रियतामा मकवानपुर जिल्लाका कोभिड सङ्क्रमित बिरामीलाई उपचारमा सहजीकरण गर्ने उद्देश्यले निजी उद्यमीको लगानीमा हेटौँडा अस्पतालको हाताभित्र अक्सिजन प्लान्टको स्थापना गर्ने तयारी भइरहेको छ । सो अक्सिजन प्लान्ट स्थापना गर्ने क्रममा मकवानपुर उद्योग सङ्घका तर्फबाट अध्यक्ष लेखराज पोखरेल र हेटौँडा अस्पतालको व्यवस्थापन पक्षसँग अस्पतालका अध्यक्ष राजेश प्रसाईंबीच सम्झौता भएको वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयका […]

Continue Reading