दुबई भाग्न खोज्दा विमानस्थलबाटै फर्काइए राष्ट्रपतिका भाइ

श्रीलंकाका पूर्वअर्थमन्त्री बसिल राजापाक्षेले देशमा जारी विरोधबीच दुबई भाग्ने असफल प्रयास गरेका छन् । विमानस्थलमा मानिसहरूले उनलाई चिनेपछि र अध्यागमन अधिकारीहरूले यात्रा अस्वीकार गरेपछि उनी विमानस्थलबाट फर्किएका थिए । राष्ट्रपति गोटाबाय राजापाक्षेका भाइृ बसिल राजापाक्षेले मंगलबार बिहान कोलम्बो अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी टर्मिनलबाट देश छोड्न खोजिरहेका बेला उनको पहिचान भएको थियो । त्यसपछि मानिसहरूले विरोध गरेका […]

Continue Reading

सजिथ प्रेमदासा हुनसक्छन् श्रीलंकाका भावी राष्ट्रपति

श्रीलंकामा गोटाबाया राजापाक्षेले राजीनामा दिएपछि प्रमुख विपक्षी नेता सजिथ प्रेमदासाले आफू राष्ट्रपतिको उम्मेदवार हुन चाहेको बताएका छन् । उनको समगी जन बलवेगया (एसजेबी) पार्टीले यस कदमलाई समर्थन गर्न सहयोगीहरूसँग वार्ता गरेको छ । श्रीलंकाले अभूतपूर्व आर्थिक संकट सामान गरेको छ, जसका कारण हजारौँ मानिस मार्चदेखि सडकमा उत्रिएका छन् । देशमा मुद्र सञ्चिति सकिएको छ । […]

Continue Reading

गिरफ्तारीबाट बच्न पद त्यागअघि विदेश जान चाहन्छन् श्रीलंकाका राष्ट्रपति राजापाक्षे

रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेले मंगलबार विमानस्थलमा अध्यागमनको अपमानजनक अवरोधपछि टापुबाट भाग्न नौसेनाको गस्ती जहाज प्रयोग गर्ने विचार गरेको समाचार संस्था एएफपीले जनाएको छ । गोटाबाया राजापाक्षेले बुधबार राजीनामा दिएर शान्तिपूर्ण सत्ता हस्तान्तरणको बाटो खुला गर्ने वाचा गरेका छन् । देशमा अहिलेसम्मकै खराब आर्थिक संकटलाई लिएर उनको विरुद्धमा यसै साता व्यापक प्रदर्शन भएको थियो । प्रदर्शनपछि […]

Continue Reading

अमेरिकी शिक्षकलाई रुसमा १४ वर्ष जेल

एक रुसी अदालतले एक अमेरिकी पूर्वकूटनीतिज्ञलाई ‘ठूलो मात्रामा’ भांग तस्करी गरेको अभियोगमा १४ वर्षको जेल सजाय सुनाएको छ । मार्क फोगेलले यसअघि मस्कोस्थित अमेरिकी दूतावासमा काम गरेका थिए । तर, उनी पक्राउ पर्दा अंग्रेजी शिक्षकको रूपमा कार्यरत थिए । फोगेललाई अमेरिकी बास्केटबल स्टार ब्रिटनी ग्रिनरविरुद्ध गाँजासम्बन्धी मुद्दाको सुनुवाइ भइरहेको क्षेत्राधिकारमा सजाय सुनाइएको थियो । अमेरिकाका […]

Continue Reading

नक्कली रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ

सशस्त्र प्रहरीले रौतहटको सीमावर्ती क्षेत्र बंकुल चौकबाट नेपाली र भारु नक्कली नोटसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट सरमुजवाको टोलीले आज बिहान भारत गोरखपुर घर भएका २३ वर्षीय सन्जय सक्सेनालाई नक्कली नोटसहित पक्राउ गरेको हो । पक्राउ परेका सक्सेनाको साथ बाट नेपाली एक हजार दरका ५० थान, भारु २ हजार […]

Continue Reading