बराहपोखरीको जग्गा अतिक्रमण गरेर बनाइएका घरटहरा डोजर लगाएर भत्काइयो

काठमाडौं । धार्मिक तथा पर्यटकीयस्थल खोटाङको बराहपोखरीको नाममा रहेको सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका घर तथा टहरा डोजर लगाएर भत्काइएको छ । बराहपोखरीमा अवस्थित शङ्खेश्वर मन्दिरको गुठी र सो आसपासको सार्वजनिक जग्गा स्थानीय बासिन्दाले अतिक्रमण गरेर निर्माण गरेका घरटहरा बराहपोखरी गाउँपालिकाको जेसिभि लगाएर भत्काइएको हो । शङ्खेश्वर मन्दिरको गुठी र आसपासको सार्वजनिक जग्गा अतिक्रमण गरी […]

Continue Reading

मकवानपुरमा किसान क्रेडिट कार्ड वितरण शुरु

मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाले किसानलाई लक्ष गरी ‘किसान क्रेडिट कार्ड’ वितरण शुरुआत गरेको छ । साना तथा सीमान्तकृत किसानमाझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य राखिएको छ । यसरी पहुँच कम पुगेका साना किसानका लागि विनाधितो न्यूनतम ब्याजमा पाँच वर्षका लागि क्रेडिट कार्डमार्फत पशुपालन र कृषि व्यवसायका लागि दुई लाख प्रदान गरिने जनाइएको छ । सहकारीको व्यवस्थापन […]

Continue Reading

एक वर्षमा तेह्र किमी कालोपत्र, पन्ध्र किमी ग्राभेल

काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा नगरको १३ किलोमिटर सडकलाई कालोपत्रे गरेको छ । ग्रामीण क्षेत्रलाई प्राथमिकता दिँदै नगरपालिकाले अधिकांश सडक कालोपत्र गरेको छ । निर्वाचनपश्चात् शुरुको वर्षदेखि नै सडकलाई प्राथमिकता दिँदै हिलोमुक्त सडक बनाउन स्तरोन्नति गर्दै कालोपत्र गरिएको नगरप्रमुख नेत्रराज अधिकारीले बताएका छन् । “प्रत्येक वर्ष १० किलोमिटरभन्दा बढी सडक कालोपत्र […]

Continue Reading

सामसुङले नेपाली बजारमा ल्यायो नयाँ फोन, के छन् विशेषताहरु ?

काठमाडौं । अन्तराष्ट्रिय बजारमा ख्यातिप्राप्त सामसुङ ब्राण्डले हालै नेपाली बजारमा एम सिरिजको नयाँ स्मार्ट फोन ग्यालेक्सी एम३२ सार्वजनिक गरेको छ । यसमा ६।४ इन्चको एफएचडी प्लस सुपर एमोलिड साथमा ९० हर्ज रिफ्रेस रेट रहेको छ । यसमा नयाँ सुविधा थपमा न्यूनतम मोसन ब्लरको साथ प्रयोगकर्तालाई सिनेम्याटिक भ्युको जीवन्त अनुभव समेत प्रदान गर्ने कम्पनीको दाबी छ । कम्पनीका अनुसार […]

Continue Reading

प्रतिलिपि अधिकार सम्बन्धी कानून स्पष्ट बनाउन माग

काठमाडौं । प्रतिलिपि अधिकार सम्बन्धी कानून स्पष्ट नहुँदा धरै अन्यौलाता हुने गरेको भन्दै कानुनी भाषामा स्पष्टता ल्याउनुपर्ने सरोकारवालाले बताएका छन् । शुक्रवार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा ‘प्रतिलिपि अधिकार(पहिलो संशोधन) विधेयक, २०७६’ को सम्बन्धमा गरिएको छलफलमा भाग लिँदै सरोकारवालाले प्रतिलिपि अधिकारको सम्बन्धमा विद्यमान कानुनी भाषामा अस्पष्टता हुँदा विवादित विषयको समाधान गर्न गाह्रो पर्ने […]

Continue Reading