आकाशमा जहाजले फन्को लगाउँदा…

धनगढीको आकाशमा हवाइजहाजले आज लगातार फन्को लगाइरहँदा नगरवासीमा कौतुहल र चासो बढेको देखियो । आकाशमा यसरी किन चक्कर लगाइरहेको भनेर नगरवासीले चासो राख्दै एकापसमा टेलिफोनमा जिज्ञासा राखिरहेका थिए । कतिपयले धनगढी विमानस्थलमा अवतरण गर्न नसकेर वा अवतरण गर्ने वातावरण नभएर जहाजले आकाशमा फन्को लगाएको अनुमान लगाएका थिए भने अन्य कतिपयले उडिरहेकै अवस्थामा जहाज बिग्रेकाले अवतरण […]

Continue Reading

मकालु हिमालबाट सङ्कलित फोहर प्रशोधनका लागि हस्तान्तरण

सेनाले सफा हिमाल अभियानका क्रममा मकालु हिमाल क्षेत्रबाट सङ्कलन गरेको फोहर हस्तान्तरण गरेको छ । सैनिक मुख्यालय जङ्गीअड्डामा आयोजित कार्यक्रममा सङ्कलित फोहर अभ्नी भेन्चरस् फर सस्टेइनाविलिटी नामक संस्थालाई प्रशोधन गरी व्यवस्थापन गर्ने प्रयोजनका लागि नकुहिने चार हजार ८८२ केजी फोहोर हस्तान्तरण गरिएको हो । हिमालबाट सङ्कलन गरिएको छ हजार ६०७ केजी फोहोरमध्ये सड्ने÷कुहिने एक हजार […]

Continue Reading

सरकारले ‘एनटिभी वल्र्ड’ सञ्चालन गर्ने

‘समृद्धिका लागि सञ्चार’, ‘समृद्ध नेपालको सन्देश छिट्टै अन्तरराष्ट्रिय समुदायमा पुग्दैछ’ भन्ने नाराका साथ समृद्ध नेपालको सञ्चार पहुँच अन्तराष्ष्ट्रिय समुदायमा पु¥याउन सरकारले अंगे्रजी च्यानल ‘एनटिभी वल्र्ड’ सञ्चालन गर्ने भएको छ । शनिबार प्रस्तुत बजेटमा महत्वका साथ नेपाल टेलिभिजनबाट उक्त च्यानल शुरु गरिने घोषणा भएको हो । नेपाली टेलिभिजन प्रसारणका इतिहासमा सो च्यानलले अन्तरराष्ट्रिय जगत्मा नेपाल बुझ्ने […]

Continue Reading

‘गरीबी अन्त्यसँगै रोजगार केन्द्रित बजेट ल्याउँदै छौंँ’

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट गरीबी अन्त्य र रोजगारी सिर्जना गर्नेमा केन्द्रित हुने बताउनुभएको छ । पहिलो कोरोना महामारीबाट यहाँका जनताको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न कुनै पनि कसर बाँकी नराख्नेबारे राससलाई जानकारी गराउँदै मन्त्री शर्माले पूर्वाधार विकास र शिक्षालाई सँगसँगै लैजाने बताउनुभयो । “कर्णालीका नागरिकहरुको बेरोजगारी […]

Continue Reading

सुरक्षाकर्मीको राशनमा १५ प्रतिशत वृद्धिः सीमा नाकामा १२० बिओपी थपिने

सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीले खाइपाइ आएको राशनभत्तामा १५ प्रतिशत वृद्धि गरेको छ । आर्थिक वर्ष २०७८÷७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सुरक्षाकर्मीको मनोबल उच्च बनाउन राशनमा वृद्धि गरिएको जानकारी दिनुभयो । सरकारले आगामी वर्ष मुलुकको सीमा सुरक्षा, अपराध तथा अवैध व्यापार नियन्त्रण गर्न सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीका थप १२० बोर्डर आउट […]

Continue Reading