गोरखाका ९२ प्रतिशत उम्मेद्‌वारले अझै बुझाएनन् निर्वाचनको खर्च विवरण

स्थानीय निर्वाचन २०७९ सम्पन्न भएको महिना दिन पुग्न लाग्दासमेत गोरखाका ९२ प्रतिशत उम्मेद्वारहरुले खर्च विवरण बुझाएका छैनन् । निर्वाचन कार्यालय गोरखाले तोकेको हदम्यादअनुसार आगामी ६ असारमा कार्यालय समयभित्र गोरखाका ११ वटै स्थानीय तहमा उम्मेद्वार बनेकाहरुले सम्पूर्ण खर्च विवरण बुझाई सक्नुपर्नेछ । तर, तोकिएको समय सकिन लाग्दासमेत हालसम्म जिल्लाका १७२ उम्मेदवारले मात्र निर्वाचन खर्च विवरण बुझाएका […]

Continue Reading

कारको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

काठमाडौंको टोखा नगरपालीका–६ धापासी डाँफे कोलनी नजिकै हिजो कारको ठक्करबाट स्कुटरमा सवार ५ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय प्रियान्स उप्रेती रहेका छन् । कारको ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारका क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । हिजो दिउँसो ३ बजे प्रदेश १ ०२१ च २९५६ नम्बरको कारले प्रदेश […]

Continue Reading

लाेकसेवा आयाेगकाे वार्षिकाेत्सव : राष्ट्रपतिले उद्घाटन गर्ने

राष्ट्रपति विद्यादेवी भण्डारीले लाेकसेवा आयाेगकाे ७१ ‍औँ वार्षिकाेत्सवकाे उद्‌घाटन गर्ने भएकी छन् । आयाेगले आज बिहान साढे १० बजे काठमाडाैंकाे कमलपाेखरीस्थित केन्द्रीय कार्यालयमा कार्यक्रम आयाेजना गर्दैछ । वार्षिकाेत्सवकाे उद्घाटन राष्ट्रपति भण्डारीले गर्ने कार्यक्रम तय भएकाे आयाेगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए । वि.सं. २००८ असार १ गते लोकसेवा आयोगको स्थापना भएको हो ।

Continue Reading

लुम्बिनी विश्व मानव जगतकै आस्था र श्रद्धाको केन्द्र : संयुक्त राष्ट्र संघका उपमहासचिव कानी

संयुक्त राष्ट्र संघका उपमहासचिव कानी विग्नराजाले लुम्बिनी विश्‍व मानव जगतकै आस्था र श्रद्धाको केन्द्र बन्दै गएको बताएकी छन् । नेपाल भ्रमणमा रहेकी यूएनडीपीका एसिया प्रशान्त क्षेत्रीय ब्यूरो निर्देशकसमेत रहेकी विग्नराजाले लुम्बिनी विश्‍व शान्तिका लागि प्रेरणास्थल रहेकाले अवलोकन गर्न आएको बताउँदै ऐतिहासिक, सांस्कृतिक र अध्यात्मिक रुपमा संसारकै पवित्रस्थल रहेको पनि बताइन् । लुम्बिनी ग्राममा पिपलको विरुवा […]

Continue Reading

आजबाट मतदाता नामावली संकलन

निर्वाचन आयोगले बुधबार आजबाट पुनः मतदाता नामावली संंकलन तथा अद्यावधिक कार्य सुरु गर्ने भएको छ ।  ‘सबै निर्वाचन कार्यालय र सबै जिल्ला प्रशासन कार्यालय एवं ७३ वटा इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली स‌ंकलन हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । पेशा, व्यवसाय वा अन्य कुनै कारणले कुनै एक जिल्लामा बसोवास गरिरहेका नागरिकले स्थायी ठेगानामा रहने […]

Continue Reading