चालक अनुमति पत्रमा वर्ग थपका लागि पनि आवेदन खुल्यो

यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको वर्ग थपका लागि आवेदन खुलाएको छ । विभागले गएराति ९ बजेदेखि वर्ग थपको लागि समेत अनलाइन प्रणालीमार्फत आवेदन खुलाएको हो । यसअघि विभागले सवारी चालक अनुमति पत्रको लागि नयाँ सवारी चालक अनुमति पत्रको लागि मात्रै आवेदन खुलाएको थियो । विभागअन्तर्गत सूचना प्रविधि शाखाका इन्जिनियर सन्तोस पोखरेलले एक सूचना […]

Continue Reading

देवर-भाउजू एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला

डडेल्धुरामा देवर र भाउजू एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेका छन् । डडेल्धुराको आलिताल गाउँपालिका–५ भावर बस्ने पशुपति बिक र गणेश बिकको एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन् । आलितालको वडा नम्बर ३ र ५ को सीमाना रेला पुल नजिक रहेको कैलाश समैजेश्वर सामुदायिक वनमा उनीहरूको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको […]

Continue Reading

बैतडीमा खानेपानीको हाहाकार

बैतडीको पाटन नगरपालिका वडा नम्बर ८ स्थित खोड्पे बजारमा ५ दिन यता खानेपानीको हाहाकार भएको छ । बैतडी दार्चुला र बझाङ जिल्लाका यात्रुहरू आउने चौराहासमेत रहेको यस बजारमा खानेपानीको हाहाकार हुँदा यहाँ आउने यात्रु, व्यापारी र स्थानीयवासी मर्कामा परेका छन् । लिफ्ट प्रणालीको खानेपानी धारामा नआउँदा दैनिक दुईदेखि तीन हजार रकम खर्च गरेर टाढाबाट पानी […]

Continue Reading

मिटरव्याजी रामदेव बिरूद्ध राजविराजमा प्रदर्शन

मिटरब्याजी रामदेव साहसहित परिवारलाई कारबाहीको माग गर्दै मिटरब्याजी पीडितहरूले सप्तरी सदरमुकाम राजविराजमा सोमबार बिरोध प्रदर्शन गरेका छन् । जिल्लाका बिभिन्न स्थानबाट सदरमुकाम राजविराज आएर पीडितहरूले बिभिन्न नारा लगाउँदै र्‍याली निकालेका थिए। र्‍याली सडकको मुख्य सडकको परिक्रमा गरेको थियो । मिटरब्याजी पीडित संघर्ष समितिको आह्वानमा गाउँ–गाउँबाट पीडितहरू सदरमुकाम पुगेका थिए । जुलुसमा सहभागी पीडितहरूले गैर कानुनी […]

Continue Reading

कर्णालीमा पेट्रोलियम पदार्थको अभाव

कर्णाली प्रदेशमा पेट्रोलियम पदार्थको अभाव भएको छ । कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरमा पेट्रोलियम पदार्थको अभाव हुँदा उपभोक्ता मारमा परेका छन् । हातहातमा क्यानी,बोत्तल लिएर पेट्रोल पम्पमा जानेको भिड बढेको छ । भारतीय भन्सारमा विद्युतिय सिस्टम परिवर्तन गरेकाले ईन्धन बोकेको नेपाल आउने ट्याङकरहरु नाकामै रोकिँदा तेल अभाव भएको नेपाल आयल निगमले जनाएको छ। सोमबार […]

Continue Reading