पाँच नेता देशद्रोही भएको ओलीको आरोप

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेकपाका पाँच नेताहरूलाई देशद्रोहीको आरोप लगाएका छन् । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वउपप्रधानमन्त्रीहरू नारायणकाजी श्रेष्ठ र वामदेव गौतम जनविरोधी र देशद्रोही भएको ओलीले आरोप लगाएका हुन् । मंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित तुल्सीलाल अमात्य […]

Continue Reading

संसदीय समिति बैठकमा परराष्ट्रमन्त्री र प्रधानसेनापति अनुपस्थित

संसदको ‘राज्यका निर्देशक सिद्धान्त, निति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समिति’ ले एसपीपी र प्रधानसेनापतिको अस्ट्रेलिया भ्रमणबारेको छलफल गर्न परराष्ट्रमन्त्री नारायण खड्का र, परराष्ट्र मन्त्रालयका सचिव, प्रधानसेनापति, नेपाली सेनाका अधिकारीहरू, रक्षा मन्त्रालयका सचिवलाई बोलाएको थियो । साेमबार मध्याह्न सवा १२ बजे बोलाइएको बैठकमा सांसदहरु उपस्थित भएका थिए । तर सभापति निरादेवी जैरुले परराष्ट्रमन्त्री खड्का […]

Continue Reading

निर्मलराज काफ्ले ब्राजिलको राजदूत नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले निर्मलराज काफ्लेलाई संघीय गणतन्त्र ब्राजिलका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी छिन् । नेपालको संविधानको धारा २८२ को उपधारा १० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपति भण्डारीले काफ्लेलाई राजदूत नियुक्त गरेकी हुन् ।

Continue Reading

दिल्लीबाट स्वदेश फर्किइन् आरजु

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा स्वदेश फर्केकी छन् । भारतमा उपचार सकेर देउवा आइतबार स्वदेश फर्किएकी हुन् । आरजुको भारतमा पाठेघरसम्बन्धी रोगको उपचार गरिएको थियो । भारतका लागि नेपालका राजदूत शंकरप्रसाद शर्माले उपचारपछि आरजु स्वदेश फर्किएकी हुन् । आरजु गत असार २६ गते उपचारका लागि भारत गएकी थिइन् […]

Continue Reading

सत्तारुढ गठबन्धन कायम रहेसम्म देशको सबै क्षेत्र अस्तव्यस्त : उपाध्यक्ष पौडेल

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले सत्तारुढ गठबन्धन कायम रहेसम्म देशको सबै क्षेत्र अस्तव्यस्त हुने बताएका छन् । यो गठबन्धनलाई मुलुकको चिन्ता भन्दा पनि सत्ता कसरी जोगाउने भन्ने कुराको मात्र चिन्ता रहेको भन्दै उनले राष्ट्रिय हितको रक्षा, मुलुकको विकास र समृद्धिको एजेण्डामा गठबन्धनको कुनै चासो नरहेको बताए । मदन भण्डारी स्पोर्टस एकेडेमी रुपन्देहीले […]

Continue Reading