लेबनानको राजधानी बेरुतमा ठूलो विस्फोट : दर्जनौं भवन ध्वस्त, मानवीय क्षतिको आशंका

International

लेबनानको राजधानी बेरुतमा मंगलबार साँझ ठूलो विस्फोट भएको छ । बेरुतको बन्दरगाह नजिक विस्फोट हुँदा धेरै भवनहरु ध्वस्त भएको र ठूलो संख्यामा मानवीय क्षति भएको अनुमान गरिएको छ ।

स्थानीय सञ्चारमाध्यमहरुले पोस्ट गरेको भिडियोमा विस्फोटपछिको ठूलो आवाज र धुँवाको मुस्लो देखिएको छ । भिडियोमा भवनहरु केही बेरमा ध्वस्त भएको देखिएको छ ।

सन् २००५ मा हत्या गरिएका पूर्वप्रधानमन्त्री रफिक हरिरीको मुद्दाको फैसला हुनुअघि राजधानी बेरुतमा भएको विस्फोटलाई अर्थपूर्ण रुपमा हेरिएको बीबीसीले जनाएको छ ।

विस्फोटमा पूर्वप्रधानमन्त्री साद हरिरीको मुख्यालयसहित दर्जनौं भवनहरु ध्वस्त भएको सीएनएनले जनाएको छ,

विस्फोटस्थलबाट १० किलोमिटर टाढा रहेका स्थानीय नागरिकले विस्फोटपछि ठूलो भूकम्पको धक्काझैं महसुस गरेको बताएका छन् । अहिलेसम्म के र कसरी विस्फोट भएको हो भन्ने केही नखुलेको लेबनानी अधिकारीहरुले बताएका छन् ।

घटनाको विस्तृत विवरण आइसकेको छैन ।

DEVELOPING: A massive explosion took place in Beirut, Lebanon, as plumes of smoke rose above the city.Firefighters…

Gepostet von ABC News am Dienstag, 4. August 2020