धनुषामा कोभिड १९ को लक्षणसँग मिल्दोजुल्दोे लक्षण देखिएका दुई जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको मिथिला बिहारी नगरपालिका–५ घर भई जनकपुरधाम उपमहानगरपालिका–२ कदम चोकस्थित बिनय तारा फाउण्डेशन क्यान्सर अस्पतालमा सेक्युरिटी गार्डको काम गर्दै आएका ४५ वर्षीय पुरुषको रहेका छन् । उनलाई एक्कासी ज्वरो, रुघाखोकीका साथै श्वास फेर्न समस्या भएपछि शनिबार राति उनलाई उपचारका लागि ल्याउने क्रममा मृत्यु भएको हो ।
यस्तै, धनुषाकै शहीद नगरपालिका–८ का ५० वर्षीय पुरुषको पनि जनकपुरधामस्थित काव्य अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । श्वास प्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा मृत्यु भएका उनको पनि स्वाब संकलन गर्ने काम भइरहेको छ । मृत्यु भएका पुरुष नेपाली कांग्रेसका नेता हुन् ।