लगानी बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टविरुद्ध रिट परेको छ । उच्च अदालत पाटनमा अधिवक्ता जय बहादुर झुजेलले रिट दायर गरेका हुन् । गत साउन १९ गते बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बोर्डको सीईओको रुपमा नियुक्त गरेको थियो । उनी नियुक्त भएसँगै सत्तारुढ पार्टीभित्रैबाट विवादित मान्छेलाई नियुक्त गरिएको भन्दै प्रधानमन्त्रीको आलोचना भएको थियो ।