चार जिल्ला अध्याँरोमा : कारण एउटा मुसा

News

एउटा मुसाका कारण उदयपुर सहित खोटाङ, ओखलढुङ्गा र सोलु जिल्लामा बिद्युत अबरुद्ध छ। नेपाल विद्युत प्राधिकरणको उदयपुर वितरण केन्द्र अन्तरगत जलजलेमा रहेको सव स्टेसनको ईनकमरमा मुसा पसेर सवस्टेसनको गाइघाट फिडरको तार काटेपछि विद्युत सट भएर सवस्टेसनमा आगलागी भई तारहरु जले, फिडरमा आगलागी भएकाले बिद्युत अबरुद्ध भएको हो।शनिबार साँझवाटै विद्युत सेवा अवरुद्ध भएको हो । जलेको फिडर मर्मत गर्न केही समय लाग्ने भएकाले विद्युत अवरुद्ध हुने प्राधिकरण उदयपुरले जनाएको छ।जोगिदह र जलजले फिडर बन्द रहेकोमा जोगिदह तर्फको लाइन मोतिगडाबाट सप्लाई गरिने प्राधिकरणले जनाएको छ। मर्मत पुरा नहुन्जेलसम्म जलजले र मुकुर्चीको विद्युत सुचारु हुन पर्खनु पर्ने छ भने खोटाङ तर्फ गएको ३३ केभिए लाईनको विद्युत अबरुद्ध भएकाले उदयपुर लगाएत, खोटाङ, ओखलढुङ्गा र सोलु जिल्लामा सहज बिद्युत आपुर्ति हुन केहि समय लाग्ने वितरण केन्द्रले जनाएको छ ।