तौलिहवा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई कोराना संक्रमण

Health-Education

तौलिहवा अस्पतालमा कार्यरत ५ स्वास्थ्यकर्मी सहित एक सुरक्षाकर्मी समेत कोरानो संक्रमित पुष्टी भएपछि अस्पतालका इमरजेन्सी सेवा बाहेक सबै सेवा बन्द गरिएको छ ।

हिजो अस्पतालमा कार्यरत ४ स्वास्थ्यकर्मी र एक सुरक्षाकर्मीमा संक्रमण पुष्टी भएको थियो । ३ दिन अघि अस्पतालमा कार्यरत ल्याब असिस्टेन्ट संक्रमित भएका थिए ।

आईतवार नसिङ, ल्याव, एक्सरे, ओापीडी फाटका एक एक जना गरी चार जना स्वास्थ्यकर्मी तथा अस्पतालमा रहेका एक प्रहरी सक्रमति पुष्टी भएपछि अस्पतालमा अति आकस्मिक सेवा बाहेक अरु सबै सेवा सोमवारबाट बन्द गरिएको अस्पतालका मेडीकल सपरीटेण्डेन्ट किशोर बन्जाडेले वताउनु भयो ।