भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना संक्रमण

International

भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना संक्रमण भएको छ । सोमवार दोश्रो प्रहरमा उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् । उनी ८४ वर्षका भएका छन् । उनलाई कोरोना पोजेटिभ पाइएपछि अस्पतालमा भर्ना गरिएको छ । उनी सन् २०१२ देखि सन् २०१७ सम्म राष्ट्रपति बनेका थिए ।