मेडिसिटी हस्पिटल भैँसेपाटीमा कोरोना संक्रमित पुरूषको मृत्यु

Health-Education

नेपाल मेडिसिटी हस्पिटल भैँसेपाटीमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाडौँको कलंकीका ६४ वर्षका पुरुषको उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर खगेश्वर गोलालले जानकारी दिए ।

‘मेडिसिटी हस्पिटलमा एकजना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ,’ डा. गोलालले भने, ‘उहाँ कलंकी ट्याक्लाफाँट निवासी ६४ वर्षका पुरुष हुन् । निमोनिया भएर गत साउन १९ गते मेडिसिटी हस्पिटलमा भर्ना भएका उनको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको डा. गोलालले जानकारी दिए ।