सामाजिक अभियन्ता सुप्रिया श्रेष्ठ (पूर्व इमेज च्यानलका भिजे) ले नेपाल नेपाल एयरलाइन्स मार्फत बंगलोरमा अड्केका विद्यार्थीहरूको सफल उद्दारको समन्वय गरेकी छिन्।
उनि भन्छिन :” लकडाउन मेरो लागि पनि रोलरकोस्टर राइड जस्तै थियो , बारम्बार मिश्रित भावनाहरूको आँधीबेहरी जस्तै तर बिस्तारै म सम्हालिए र बिदेशमा अड्केका नेपालीहरुको समाचारले मेरो ध्यान तान्यो , म बंगलोरमा पढ्दै गरेकी एक छात्राको सम्पर्कमा पुगेन जसले मलाई बंगलोरमा अड्केका कामदार तथा बिध्यार्थीहरुको समस्याबारे बताइन। त्यसैले हामीले जनताको ध्यानाकर्षण गर्न अभियान बनाउने र युनियन गठन गर्ने निर्णय गर्यौ , तुरुन्त कारबाही गर्न सरकारलाई दबाब दियौ तर भेटघाट हाम्रो लागि ठूलो चुनौती थियो किनकि हामीले सामाजिक दूरी कायम गर्नुपर्यो, विदेशमा मानिसहरूसँग समन्वय गर्नुपर्यो र संगसंगै आ आफ्नो काम पनि गर्नु थियो। यस समयमा, प्रविधि हाम्रो लागि सबै भन्दा ठूलो आशिष् साबित भयो। हामीले ईन्स्टाग्राम, फेसबुक र व्हाट्सएप जस्ता सामाजिक संजाल कुराकानी गर्नका लागि र योजना बनाउनका लागि प्रयोग गर्यौ। हामीले जागरूक भिडियोहरू र अनलाइन सामग्रीहरू सिर्जना गर्यौ र राष्ट्रिय समाचार पोर्टलको साथ साथ सामाजिक संजालमा प्रकाशित गर्यौं र हामीले प्राप्त गरेको समर्थन धेरै राम्रो थियो। धेरै उतार चढावहरू हुँदै गर्दा एक दिन मलाई श्री साधुराम सापकोटा(उच्च अदालतको न्यायाधीश) बाट फोन आयो , उहाँका छोरा पनि लकडाउनको कारण बंगलोरमा फसेका रहेछन्। उहाँ हामीलाई सम्पूर्ण समर्थन दिन राजी हुनुभयो। हाम्रो समस्याहरू व्यक्त गर्न र मद्दत लिन भोलिपल्ट हामीले कोविड -१९ क्राइसिस मैनेजमेन्ट सेन्टर (CCMC), पर्यटन मन्त्रालय , पररास्ट्र मन्त्रालय र नेपाल एयरलाइन्स कर्पोरेशनको भ्रमण गर्यौं। । हामीले एकदमै सकारात्मक प्रतिक्रिया पायौ र हामीलाई प्राप्त निर्देशन अनुसार प्रक्रिया सुरु गर्यौ। यस बीच दिल्लीस्थित नेपाल दूतावासले कानुनी औपचारिकताका लागि समन्वयको जिम्मा लिएको थियो। हामीले सबै औपचारिकताहरू, उद्धारको साथ उद्धार उडानको प्रक्रिया पुरा गर्यौ र लगभग १०० यात्रुहरू रहेको उडान सफलतापूर्वक २९ जुलाई, २०२० मा सम्पन्न भयो। यस उद्दार सफल हुनुको मुख्य कारण भनेको यसमा सामेल सबैको साझा समर्पण र लगनसिलता थियो। अभिभावाखरु आफ्ना सन्तान संग उभिदा उहाँहरुको अनुहारमा आनन्द र हर्षको भाव देख्न पाउनु खुसीको अनुभूति थियो। होल्डिङ्ग सेन्टरहरूमा नेपाली सेनाले खेलेको भूमिका र घर फर्कदै गर्दाको उनीहरुको खुसिको दृश्य अमूल्य थियो; मैले महसुस गरें कि मैले जित हासिल गरें, गर्व महशुश गरेन ,मेरो जीवनको सबभन्दा ठूलो पुरस्कार जुन पैसाले किन्न सकिदैन। यो उपलब्धी एक व्यक्तिको होइन आम नेपालीहरुको उपलब्धी हो। जब एक शुद्ध उद्देश्यका लागि समर्पित भएर केहि गरिन्छ , परिवर्तन सम्भव छ भन्ने एउटा ज्वलन्त उदाहरण हो र यो परिवर्तन आम नेपाली नागरिक , सी सी एम सी , नेपाल एयर्लाइन्स , पर्यटन मन्त्रालय , पररास्ट्र मन्त्रालय , नेपाली सेना तथा भारत स्तिथ नेपाली राजदूतावासको संयुक्त प्रयासमा सम्भब भएको हो। “
ऐश्वर्या झा, उद्धार उडानबाट बंगलोरबाट फर्केका एक विद्यार्थी भन्छिन – “जब मलाई लाग्यो कि मेरा लागि आशाको सबै ढोका बन्द भइसकेको छ त्यतिबेला असम्भब प्राय निश्चित भईसकेको हाम्रो उद्दार भयो। म आफ्नो परिवारसँगै बस्न पाउँदा , मैले मानवतामा आफ्नो विश्वास पुनर्स्थापित गरेको छु र मेरो सरकार वास्तवमा मेरो अभिभावक हो। ”
विद्यार्थीहरुकाे तथ्यांक तथा नामनामसी संकलन र विभिन्न निकायबीच समन्यवयकाे काम रेनिस राैनियारले गरेका थिए ।
बैङ्लोरका विभिन्न शैक्षिक संस्थामा अध्ययनरत नेपाली विद्यार्थीहरुले नागरिकसँगको सम्पर्कमा आएपछि नागरिकले अलपत्र परेको विद्यार्थीबारे पहिलोपटक समाचार प्रकाशित गरेको थियो । सोही समाचारको प्रभावका कारण सम्बन्धित निकायको पहलमा अलपत्र परेका नेपाली विद्यार्थीहरूको बुधबार उद्धार भएको हो ।
नेपाल वायुसेवा निगमले प्रेसविज्ञप्ती जारी गरी अलपत्र परेको विद्यार्थीको उद्धार गरेको जनाएको छ । विश्व कोभिड–१९ को संक्रमणबाट निम्तिएको स्वास्थ्य संकटका कारण आक्रान्त छ । यस्तो समयमा विश्वका विभिन्न ठाउँमा अलपत्र परेका नेपाली नागरिकको अवस्थालाई प्राथमिकतामा राखी राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आफ्नो सामाजिक जिम्मेवारी समेत निर्वाह गर्दै उद्धार उडानहरु सञ्चालन गरिरहेको व्यहोरा विज्ञप्तीमा उल्लेख छ ।
