ललितपुरको किस्ट अस्पतालमा कोरोना संक्रमितको मृत्यु

Health-Education

ललितपुरको इमाडोलस्थित किष्ट मेडिकल कलेजमा उपचाररत एक बिरामीको कोरोना संक्रमणका कारण  मृत्यु भएको छ ।  यद्यपि, यसको स्वास्थ्य मन्त्रालयले भने औपचारिक घोषणा गरेको छैन ।

काभ्रे पाँचखालका एक पुरुष निमोनियाको उपचार गराउन आइतबार दिउँसो १ बजे अस्पताल पुगेका थिए । अस्पतालका चिफ अपरेटिङ अफिसर अमिश पाठकका अनुसार निमोनियाको उपचार गराउन आउँदा शंका लागेर उनको कोरोना परीक्षणका लागि नमुना संकलन गरिएको थियो ।

आईसीयूमा उपचाररत हुँदा सोमबार उनको मृत्यु भएको पाठकले जानकारी दिए ।